नेकपाले विर्सेको अक्टोवर क्रान्ति र कांग्रेसले विर्सेको नोवेम्वर क्रान्ति

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ
नोवेम्वर ७ का दिन रुसमा लेनिन स्टालिनको नेतृत्वमा महान अक्टोवर समाजवादी क्रान्ति भएको थियो । अहिले चलन चल्तिको नयाँ पात्रो अनुसार नवेम्वर ७ का दिन पर्ने भएपनि रुसमा त्यो वेला चल्तिमा रहेको पुरानो पात्रो अनुसार अक्टोवर २५ का दिन भएको हुनाले यो अक्टोवर क्रान्तिका नामले विश्व चर्चित वनेकोछ । यस ऐतिहासिक दिनलाई विश्वभरका कम्युनिष्ट पार्टीहरुले सधैं सम्झने गरेकाछन् । विगतमा एमाले माओवादी सबैले विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै आएका थिए । पार्टी अध्यक्षहरुले बक्तव्य दिंन्थे । तर यसपाली नेकपाका नेताहरुले एउटा बक्तव्य दिन पनि आवश्यक ठानेनन् । 
१८७१ को पेरिस कम्युन कम्युनिष्टहरुको नेतृत्वमा भएको पहिलो क्रान्ति थियो । तर यो असफल भयो । यो केवल ७२ दिन मात्र टिक्यो । त्यो पनि फ्रान्सको राजधानी पेरिस मात्र क्रान्तिकारीहरुले कब्जा गर्न सकेका थिए । त्यस असफल क्रान्ति पछि उत्पीडीत जनतामा निराशा छाएको थियो । प्रतिक्रियावादीहरुले अब क्रान्तिको चरण सकियो र अब कसैलेपनि क्रान्ति गर्ने हिम्मत गर्दैन भन्न थालेका थिए । कम्युनिष्ट नेताहरु कयौंले माक्र्सवाद नै पुरानो र काम नलाग्ने भैसकेको भन्दै त्यसको संशोधन गर्दै वुर्जुवा संसदवादलाई नै नयाँ रुप दिएर माक्र्सवादको परित्याग र भ्रष्टिकरण गर्न थालिसकेका थिए । यस्तै समयमा लेनिन र स्टालिन जस्ता नेताहरुको नेतृत्वमा रुसमा महान सर्वहारावादी समाजवादी क्रान्ति सम्पन्न भयो । मजदुर किसान तथा उत्पीडित जनताको सरकार वन्यो । र यो नै पहिलो सफल समाजवादी सरकार थियो । 
यसले विश्वका उत्पीडित जनतामा नयाँ आशा र विश्वासको संचार ग¥यो । यसले विश्वमा नयाँ युगको शुत्रपात ग¥यो । यस क्रान्तिवाट विश्व भरीका उत्पीडित जनताले विभिन्न खालका क्रान्तिहरु सम्पन्न गर्ने प्रेरणा पाए । माओ त्से तुंग देखि गान्धी र नेहरु सम्मले पनि रुसी क्रन्ति र लेनिनवाट ठुलो प्रेरणा पाएका थिए । माओले भन्नु भएको थियो कि रुसी क्रान्तिकारीहरुले चलाएका वन्दुक र तोपका गर्जनहरुले चिनियाँ जनतालाई ब्युँझाई दिएको थियो । 
अहिले रुसमा प्रतिक्रान्ति भएको छ । रुसी कम्युनिष्ट पार्टी सत्तामा पुगेपछि पार्टी भित्रैका नेताहरु विग्रन सक्छन् भनेर लेनिनले त्यति वेलै सचेत गराउनु भएको थियो । पछि माओले पार्टी र कम्युनिष्ट सत्ता भित्रैवाट नेताहरुको वर्ग परिवर्तन हुन सक्ने र प्रतिक्रान्ति हुन सक्ने भन्दै निरन्तर क्रान्तिको सिद्धान्त आविष्कार गर्नु भयो र प्रयोग पनि गर्नु भयो । अहिले पनि लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको विश्वव्यापी महत्व रहेको छ र यसले युग युग सम्म विश्वका उत्पीडित जनतालाई अन्याय अत्याचार विरुद्ध क्रान्ति गर्न प्रेरित उत्साहित गरिरहनेछ र मार्गदर्शन गरिरहनेछ । 
नेपाली कांग्रेसले २००७ सालको कार्तिक महिना (अर्थात नवेम्वर महिना)मा राणा शासनका विरुद्ध सशस्त्र क्रान्तिको शुरुवात गरेको थियो । तर नेपाली कांग्रेसले पनि सो महान क्रान्ति विर्सन थालेकोछ । सो सशस्त्र क्रान्तिले नेपालमा नयाँ युगको शुरुवात गरेको थियो । लामो समय सत्तामा रहे पनि जनअपेक्षा अनुसार नेपाली कांग्रेसले काम गर्न सकेन । अहिले प्रतिपक्षमा रहेपनि जनताको आवाज उठाउने प्रतिपक्षीय धर्म समेत पनि निर्वाह गर्न कांग्रेसले सकेको छैन । 

Related News