​ओली र प्रचण्डबीच सहमति, मंगलबार सबै विषय टुंगिने

काठमाडौं, २८ माघ।
  नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता सम्पन्न भएको छ। मानभवनस्थित एक घरमा सम्पन्न वार्तामा दुई नेताबीच सरकार गठन र पार्टी एकताबारे सहमति भएको हो। 

स्रोतका अनुसार ओलीलाई प्रधानमन्त्री बनाउन आफुले तत्कालै सांसदहरुको सूचि तयार गरिने प्रचण्डले बताएका छन्। साथै सकेसम्म प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो सिष्टम बनाउने नसके वाम गठबन्धनलाई  बलियो बनाएर अघि बढाउने सहमति भएको छ। मंगलबार  पार्टी एकताको खाका तयार हुने स्रोत बताउँछ। 

Related News