​ओली र प्रचण्डबीच चार घन्टा गोप्य छलफल, मन्त्रीहरु हेरफेर हुने

दृष्टि न्यूज

काठमाडौं, ५ कात्तिक । 
नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चार घन्टा लामो छलफल भएको छ । मन्त्रीमण्डल हेरफेरको विषयमा सो छलफल भएको स्रोत बताउँछ । 
बालुवाटारमा सचिवालय बैठक अगाडि ओली र प्रचण्डबीच छलफल भएको हो । जसमा वामदेव गौतम प्रकरणदेखि भागबन्डाका विषयहरुमा समेत छलफल भएको हो । 
सो छलफलपछि २ बजेदेखि नेकपाको सचिवालय बैठक सुरु भएको छ ।  
आइतबार पनि नेकपाको सचिवालय बैठक बसेको थियो । जसमा सांसद रामवीर मानन्धरको राजिनामा अस्वीकृत गर्ने निर्णय भएको थियो । 
 
  
 
 

Related News