​एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौं, १ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि भारतका राजदूत मञ्जिबसिंह पुरीले एमाले संसदीय दलको कार्यालयमा मंगलवार भेटवार्ता गरेका छन् ।
भेटमा राजदूत पुरीले सरकार गठनका बारेमा अध्यक्ष ओलीसँग जिज्ञासा राखेका बताइएको छ । अध्यक्ष ओलीले सरकार गठनका लागि सकरात्मक दिशामा पहल भइरहेको र चाँडै नै सरकार गठन हुने बताएको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिएका छन् । राजदूत पुरीले अध्यक्ष ओलीलाई शिवरात्री पर्वको शुभकामना पनि दिएको भट्टराईले जानकारी दिए । 

Related News