​मतदानपछि ओलीले भने–निर्वाचन नगराउने देउवाको योजना बिफल

काठमाडौं,२१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेरअघि मात्र मतदान गरेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहानै मतदान गरेका थिए । तर ओलीले भने भक्तपुर सुर्य्बिनायक नगरपालिकास्थित बालकोट महेन्द्र शान्ति विद्यालय मतदान केनद्रमा पुगेर मतदान गरेका हुन् ।
मतदानपछि अध्यक्ष ओलीले निर्वाचन नगराउने प्रधानमन्त्री शेरबहादुर देउवाका सवै योजना विफल भएको प्रतिक्रिया दिएका छन् । 

Related News