समुन्द्रमा डुबेर अष्ट्रेलियामा नेपाली युवकको मृत्यु

काठमाडौं, फागुन ५ । पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर अष्ट्रेलियामा एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको राजधानी सिड्नीको उत्तरी क्षेत्रमा रहेको ‘एभोका बिच’ मा पौडी खेल्ने क्रममा लोमस पराजुलीको आइतबार मृत्यु भएको हो ।
विराटनगर स्थायी घर भएका पराजुली आइतबार बिदाको दिन समद्रमा पौडी खेल्न गएका थिए । उनी डुबेको देखेपछि बचाउन गएका लाइफ गार्डले उनलाई पानीबाट बाहिर निकाले । तर पनि पराजुली उपचारको क्रममा मृत्यु भयो ।
उनी सिड्नीको एसफिल्डमा बस्दै आएका थिए । विगत साता वर्षदेखि अध्ययन भिषामा उनी अष्ट्रेलिया बस्दै आएका थिए । मृत्यु भएका पराजुलीको शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदुत दीपक खडकाले बताए । 

Related News