
को हुन् मलेसियाबाट निकालिएका नेपाली ?

पक्राउ परी डिपोर्ट गरिएको भनिएका नेपाली नागरिकको नाम खुलाइएको छैन । उनीसहित बंगलादेशी र मोरोक्कन नागरिक पक्राउ परेको त्यहाँको प्रहरी प्रमुख तानश्री खालिद अबु बकारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । यीमध्ये नेपाली र बंगलादेशीलाई डिपोर्ट गरिएको छ भने मोरोक्कनलाई भने हिरासतमै राखिएको छ ।
नाम नखुलाइएको ३८ वर्षीय नेपाली नागरिकलाई त्यहाँको प्रतिआतंकवादी युनिटले अगस्ट १९ मा पक्राउ गरी अनुसन्धानपश्चात सेप्टेम्बर २ मा देश निकाला गरिएको प्रहरी प्रमुख खालिदले जारी गरेको प्रेस विज्ञतिमा उल्लेख छ । ‘नेपाली तथा बंगलादेशी व्यक्तिले मलेसियामा होटल व्यवसाय सञ्चालन गरेर बसेका थिए,’ प्रहरी प्रमुख खालिदलाई उद्धृत गर्दै ढाका ट्रिब्युनडटकमले जनाएको छ, ‘नेपालीले आतंकवादीहरुलाई सहयोग पुग्ने गरी नक्कली कागजपत्र बनाएको सुरक्षा निकायको अनुसन्धानमा खुलेको हो भने ३७ वर्षीय बंगलादेशी नागरिक हतियार ओसारपसारमा संलग्न देखिएको छ ।’
यस्तै, २६ वर्षीय मोरोक्कन नागरिक भने फलाम वेल्डरको रुपमा मलेसियामा कार्यरत रहेको र उनको ‘देइस’ उग्रवादी समूहमा आवद्ध रहेको देखिएको बताइएको छ । पक्राउ परेपछि डिपोर्ट गरिएका सबै जनाको आतंकवादी संगठन देइसका मोहम्मद वान्डी मोहम्मद जेदीसँग साँठगाँठ रहेको देखिएको समाचारमा उल्लेख छ ।
खेलView More..
भर्खरैView More..
'हामी बिहेअघिका बेहुला–बेहुली'
काँग्रेसको केन्द्रीय सदस्य बनाउने गच्छदारको सूचीमा गणेश लामा पनि
प्रमुख निर्वाचन आयुक्तको ललितपुरस्थित घरमा बिष्फोट
सुन तस्करीको नयाँ शैली, विमानस्थलमा एक करोडको सुन बरामद
राष्ट्रिय सभागृहमा ब्यानर विवाद मिल्यो, कार्यक्रम सुरु
यी हुन् एकताको तेस्रो ‘नागिन’