​ओयो अबदेखि इसेवामा आवद्ध

उचित मूल्यमा स्तरीय होटल बुकिङ गर्न सकिने

दृष्टि न्यूज

काठमाडौं । उचित मूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै  स्तरीय होटलको बुकिङ गर्न सक्ने छन् । ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा राजधानीमा आयोजित एक कार्यक्रमकाबीच इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयाका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भयो । हस्ताक्षर कार्यक्रमपश्चात् इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए । उनले भने ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ’ । 
यसैगरी ओयोका भाइस प्रेसिडेण्टप्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयो को विस्तारका लागिनिकै सहज हुने बताए । उनले भने ‘ओयो र इसेवा दुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवादिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौँ’ । 
ओयो मार्फत तत्काल काठमाडाँै र पोखराका ३५ बढी होटलका ६ सयवटा रूम इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको छ । ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत ‘क्यास व्याक’ को सुविधा दिइएको छ । 
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य  रहेका छन् । सन् २००९ बाट कारोबार सुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथा पोइन्ट) रहेका छन् ।  ओयोले २०१७ मे २४ तारिख देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्य गरेको छ । सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमा पनि सेवा दिँदै आएको छ । 

Related News