​पहिरोमा मर्नेको संख्या ४ पुग्यो, एक अझै बेपत्ता

दृष्टि न्यूज

लमजुङ । मस्र्याङ्दीको अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव बिहीबार फेला परेको छ । यसअिघ तीन जनाको मृत्यु भएको थियो ।
सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव फेला परेको हो । एकजना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर बुधबार मस्र्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो । 
बुधवार मस्र्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् । बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीको भेलले बगाएको हो । उनीहरु बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन् । बाढीले उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ । 

Related News