तेल बटुल्न खोज्दा जलेर मरे १५० पाकिस्तानी


इस्लामावाद, १२ असार (एजेन्सी) : पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्यांकर दुर्घटनामा परेपछि भएको आगलागीमा मृत्यु हुनेको संख्या १५० पुगेको छ । 

पाकिस्तानी पूर्वी प्रान्त पञ्जावको एक अस्पतालले जानकारी दिएअनुसार बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने व्यक्तिको संख्या कम्तीमा १५० पुगेको हो । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । यसअघि भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा अरुन्जेबले भने घटनामा १२० जनाको मृत्यु भएको र करिब १ सय जना घाइते भएका बताएका थिए । 

बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको ट्यांकर अकस्मात सडकमा पल्टिएको थियो । सडकमा ट्यांकर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो । 

Related News