ट्रकले ठक्कर दिँदा मोटरसाइकल भीरमा, दुईको मृत्यु

दृष्टि न्यूज

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आइतबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् ।
आइतबार अपराह्न ट्रकले गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा खसेका थिए । उनीहरुको दुवै जनाको  मृत्यु भएको प्रहरीले जनाएको छ । 
पाल्पाबाट बुटबल जाँदै गरेको ना३ख १००८ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु२१ख ९६८० नंको मोटरसाइकललाई ठक्कर दिएको नायब उपरीक्षक विनोद घिमिरेले बताए । उनका अनुसार मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ । 

Related News