​आजदेखि पाल्पा महोत्सव सुरु

दृष्टि न्यूज

पाल्पा, ३ फागुन । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि १२ औं पाल्पा महोत्सव भइरहेको छ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य पूर्वअध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।  उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको महोत्सवमा उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानको पनि सहभागिता रहेको छ ।
मेलामा स्थानीय ढाका, करुवा, अदुवा, कफी, स्थानीय उत्पादनलगायत करिब १ सय ५० बढी स्टल रहेको छ आयोजकले जनाएका छन् । महोत्सव फागुन १३ गतेसम्म चल्ने छ । 

Related News