पाल्पाको छहारामा सिटिजन्स बैंकको शाखा

काठमाडौं, १८ भदौ । नेपालको बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६०औं शाखा पाल्पाको छहरामा समुद्घघाटन गरेको छ । २०७४ साल भदौ १८ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालबाट उद्घघाटन गरी बैंकिङ कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
छहारा शाखाको बिधिबत समुद्घाटनसंगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९  वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाखग्राहक हरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु त्था कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुबिधाहरु प्नि उपलब्ध  गराउदै आएको छ ।
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले गभर्नरज्यू को बाहुलीबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

Related News