​पाल्पाको रामपुरमा जिप दुर्घटना, चार घाइते

दृष्टि न्यूज

पाल्पा । पाल्पाको रामपुरमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर आउँदै गरेको लु १ ज १७८५ नम्बरको  हुलास जिप आज दिउसो करिब १.५० मा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

घाइते यात्रुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ । दुर्घटनामा घाइते हुनेमा चालक २५ बर्षीय दानबहादुर सुर्यवंशी, पुर्वखोला गाउँपालिकाका २४ बर्षीया मिराकुमारी कानु मगर, रामपुर ३ दर्छाका ६० बर्षीया दिलमाया आले, ६२ बर्षीय बमबहादुर आले रहेको प्रहरीले जनाएको छ । जिपमा रहेका एकको अवस्था सकुसल रहेको जनाइएको छ ।

Related News