​माओवादीको बैठकस्थल पालुङटारमा पूर्व राजपरिवार सदस्यको जमघट

दृष्टि न्यूज

काठमाडौं ।
राजतन्त्रको अन्त्यलाई राजनीतिक एजेण्डा बनाएर १० वर्षसम्म सशस्त्र संघर्ष गरेको नेकपा माओवादीले २०६७ सालमा भव्य रुपमा विस्तारित बैठक आयोजना गरेको पालुङटारमा पूर्व राजपरिवारका सदस्यहरु कोमल, पारस र हिमानी शाह पुगेर एक विद्यालय उद्घाटन गरेका छन् । 
हाल नेपाल कम्युनिष्ट पार्टीको नाममा एमालेसँग पार्टी एकता गरेको तत्कालिन एकीकृत नेकपा माओवादीमा विभाजन बिऊ रोपिएको गोरर्खा जिल्लाको पालुङटार बैठक २०६७ मा बसेको थियो । माओवादीको छैठौं बिस्तारित बैठकमा अध्यक्ष प्रचण्ड, अर्का नेता किरण र बाबुरामले तीन फरक दस्तावेज पेश गरेपछि पार्टी विभाजनको खाका पालुङटामै कोरिएको सो पार्टीका भुक्तभोगीहरु बताउँछन् । सो ऐतिहासिक र महत्वपूर्ण बैठकस्थलमा पूर्व राजपरिवारका सदस्य हिमानी शाहले संस्थापना गरेको हिमानी ट्रष्टले एक विद्यालय निर्माण गरेको छ । सो विद्यालयको शुक्रबार पूर्व रानी कोमल राज्यलक्ष्मी शाहले एक समारोहका बीच उद्घाटन गरेकी छिन् ।
नेपालमा करिब दुई सय ५० वर्ष लामो इतिहास बोकेको शाह बंशीय राजतन्त्रका सदस्य पूर्व रानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वयुवराज पारसस शाह माओवादीको बैठकस्थल गोरखाको पालुङटार पुगेका छन् । समाजसेवा गर्ने उद्देश्यले स्थापना गरिएको संस्था  हिमानी ट्रष्टको कार्यक्रम भएपनि माओवादीको बैठकस्थलको रुपमा डकुमेन्टमा उल्लेख गर्ने महत्वपूर्ण स्थान पालुङटारमा पूर्व राजपरिवारको सदस्यहरुको जमघट हुनुलाई संयोग वा सांकेतिक के हो भन्ने स्पष्ट भइसकेको छैन ।

Related News