क्रिकेटर पारस र सन्दीप सानिमा बैंकद्वारा सम्मानित

दृष्टि न्यूज

काठमाडौं, ११ फागुन । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई सानिमा बैंकले सम्मान गरेको छ । बैंकले ०७३ देखि लामिछानेलाई प्रायोजन (खेल छात्रवृत्ति प्रदान) गर्दै आएको छ ।
कार्यक्रममा बंैकका ब्रान्ड प्रवद्र्घकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पारस र सन्दीपलाई सम्मानसहित सानिमाका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकले प्रदान गर्दै आएको रकमलाई शतप्रतिशत वृद्धि गरी थप २ वर्षका लागि प्रायोजन गरिने बताए ।
कार्यक्रममा कप्तान पारस खड्काले कर्पोरेट क्षेत्रबाट क्रिकेट खेलप्रति सहयोग भएकाले खेलाडीको खेल प्रदर्शनमा पनि सुधार आएको जानकारी दिए । सन्दीपले आगामी खेलमा अझै राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।
क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष पवन अग्रवालले बैंकले क्रिकेट खेलाडीलाई प्रायोजन सुरु गरेपछि अन्य कर्पोरेट क्षेत्रबाट सहयोग हुन थालेको बताए ।

Related News