​यो सुरुवात मात्र होः पारस खड्का

दृष्टि न्यूज

काठमाडौं, १९ साउन। 
दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार पहिलो जित हात पार्याे। जून जीतमा कप्तान पारस खड्काले नायकीय प्रदर्शन गरे। नेपालले नेदरल्यान्ड्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै एकदिवसीय खेलमा पहिलो विजय हात पारेको हो।

आम्टर्डमम भएको खेलको अन्तिम ओभरमा जितका लागि नेदरल्यान्ड्सलाई ६ रन चाहिएको थियो भने नेपाललाई १ विकेट। यस्तोमा बलिङमा गर्न आएका कप्तान पारसले पहिलो ५ बलमा ४ रन दिए। अन्तिम बलमा नेपाललाई जितका लागि विकेटको आवश्यकता थियो। नेदरल्यान्ड्सले १ रन लिए खेल बराबरी हुने स्थिति थियो भने २ रन लिए जित हात पार्थ्यो। तर, पारसले नेदरल्यान्ड्सका क्लासनलाई रन आउट गर्दा नेपालले १ रनको रोमाञ्चक जित हात पार्न सफल भयो। 

रोमाञ्चक खेलपछि कप्तान पारसले क्रिक इन्फोलाई प्रतिक्रिया दिएका छन्। उनको प्रतिक्रियाको भावानुवाद यस्तो छ– 

धेरै खुसी लागेको छ। किनभने हामी आइसिसी डिभिजन–२ र विश्वकप छनोट खेल्दै यहाँ आएका छौं। अहिले एकदिवसीय खेलमा पहिलो जित हात पार्न सफल भएका छौं। हामीले खेललाई चाहिने चरित्र देखाउन सफल भयौं। टिमको रुपमा हामी उत्कृष्ट खेल्न भोकाएका छौं। हामी क्रिकेटका लागि मैदानमा हुनु चाहिरहन्छौं। यो त हाम्रो सुरुवात मात्र हो। 

समर्थकको रुपमा आजको खेल हेर्न कठिन भयो होला जस्तो लाग्छ। ’नेल बाइटिङ फिनिसिङ’ हेर्न पक्कै गाह्रो हुन्छ। 

एक बलले हाम्रो पक्षमा खेल आउछ थाहा थियो। तर त्यो एक बल अन्तिम बल बलको रुपमा आयो। त्यो बल मैले पाए र स्टम्प्ट ढाले। त्यसपछि हाम्रो काम तमाम भयो। अर्कोतर्फ हामीलाई भाग्यले पनि साथ दियो। 

हामीले खेल सुधार गर्दै लागेको कुरा महत्वपूर्ण छ। 

हाम्रा समर्थक अविश्वसनीय छन्। हामीलाई दिनभरी बसेर समर्थन गरिदिनु भयो। नेदरल्यान्ड्समा मात्र होइन हामी संसारको जुनसुकै स्थानमा गएपनि हाम्रा समर्थक आउने गर्छन्। साथै नेपालले ब्याटिङ र बलिङ गरिरहदा  उनीहरु चिच्याइरहेका हुन्छन्। जसले गर्दा हामीलाई उत्साह मिलिरहन्छ। 

एकदिवसीय जित हात पारेको पहिलो जितको खुसी समर्थससँग मिलेर मनाउछौं। भविष्यमा अझै जित र खुसी मनाउन पाउने आसा छ। 

Related News