​गायक रामचन्द्र थापाको ‘परदेशी’

दृष्टि न्यूज

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको बास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत ‘परदेशी’ को भिडियो सार्वजनिक भएको छ । 
गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पिडालाई समेटिएको छ  । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ । प्रेम रावतको शब्द सिर्जना तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई र वावु आमा र सन्तानको याद आएको कुरा गीतमा ब्यक्त गरिएको छ ।  भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन् भने अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा सगुन शाही र विमल अधिकारीको गीतमा सर्वोकृष्ट अभिनय रहेको  छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेका हुन ।

Related News