​संघीय संसदको बैठकबाट नियमावली पारित

दृष्टि न्यूज

काठमाडौं ।
संघीय संसदले संयुक्त बैठक आज संसद भवन नयाँ बानेश्वरमा बसेको छ । बैठकले संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि आह्वान गर्नु भएको संयुक्त बैठक आज बसेको थियो । शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली बहुमतले पारित गरेको हो । 
नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । नियमावली स्वीकृति भएसँगै समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्थासहितको नियमावलीलाई बहुमतले पारित गरेको छ । यसअघि मस्यौदाको दफाबार छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसालले सबै समितिहरुमा समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ भन्ने व्यवस्था राख्न सुझाव दिएका थिए ।
संयुक्त बैठक कार्यसञ्चालन नियमावली पारित भएसँगै संसदीय समिति निर्माणको बाटो पनि खुलेको छ । 

Related News