पार्टी एकतामा एमालेको ७०/३०, माओवादीको ५०/५० अडान

दृष्टि न्यूज

दृष्टिन्यूज
काठमाडौं, ३ बैशाख । 
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वार्ता करिब दुई घण्टापछि सकिएको छ । वार्तामा ठोस सहमति नभए पनि पार्टी एकता संयोजन समितिको बैठक मंगलवारका लागि बोलाउने सहमति भएको छ । 
आजको वार्ताको निष्कर्ष अनुसार भोलि विहानको लागि एकता संयोजन समितिको बैठक आह्वान गरिएको छ । उक्त वार्ताअघि दुवै दलले आफ्नो पार्टीभित्र गम्भिर छलफल गर्ने जनाएका छन् । आगामी बैशाख ९ गते पार्टी एकता गर्ने प्रतिबद्धता यसअघिको बैठकमा व्यक्त भए अनुसार उक्त मिति नजिकिँदै गएको सन्दर्भमा सोमवारको वार्ता भएको थियो । 
पार्टी एकताबारे अन्यौल देखिएको बेला बालुवाटारमा भएको दुई नेताको वार्तालाई अर्थपूर्ण मानिएको छ । भेट लगतै भोलि मंगलबार ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । 
दुई पार्टी बीच एकताको लागि सांगठानिक संरचना, निर्वाचन चिन्ह र मार्गदर्शक सिद्धान्तमा सहमति हुन बाँकी छ । जसमा पछिल्लो दुईमा छलफल हुन बाँकी छ भने सांगठनिक संरचनामा एमालेले ७०÷३० को अनुपातमा पार्टी एकता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ भने माओवादी केन्द्रले ५०÷५० अनुपातमा पार्टी एकता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । जसका कारण पार्टी एकता जटिल बनेको विश्लेषण गरिएको छ । यद्यपि सोमवारको वान टु वान वार्तामा ठोस सहमति भएको हुनसक्ने अनुमान गरिएको छ । 

Related News