​प्रधानन्यायाधीश पराजुलीसम्म पुगे पशुपति

काठमाडौं, २ साउन । साउनको पहिलो सोमबार बिहानदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । 
बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए । 
प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गरे । कायमुकायमको जिम्मेवारीमा रहेका पराजुली प्रधानन्यायाधीशमा आइतबार मात्र संसदीय सुनुवाइ विशेष समितिबाट सर्वसम्मत अनुमोदन भएका थिए । बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ । पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ । 

Related News