ठमेलमा रंगेहात समातिए बालयौनदुराचारी

काठमाडौं, २४ भदौ । 
नाबालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार  गर्ने एक बिदेशी पक्राउ परेका छन् ।  ठमेल ठैटीस्थित एक होटलको कोठाबाट अष्ट्रियाका नागरिक ४५ वर्षीय मार्कुश केन्डलरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले बिहिबार पक्राउ गरेको हो । 
उपत्यका वाहिरवाट यौन शोषणको निम्ति काठमाडौं ल्याइएका १ नेपाली नाबालक पीडितलाई सोही कोठाबाट तत्काल उद्दार गरिएको छ । पक्राउ परेका केन्डलरलाई बालयौन दुराचारको साथै मानव बेचविखन तथा ओसार पसार मुद्दा अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ । केन्डलर समाजसेवाको आवरणमा बालयौनदुराचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

Related News