​पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो

दृष्टि न्यूज

काठमाडौं, ३ भदौ।
 पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। 
आइतबार बेलुका १२ बजेपछि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलको २२ रुपैयाँ मूल्य बृद्धि गरेको हो। 
बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टीतेलको ९५ रुपैयाँ प्रतिलिटर पुगेको छ। 
  हवाई इन्धनको पनि मूल्य बृद्धि भएको छ। यसअघि एक सय रुपैयाँ प्रतिलिटर रहेकोमा अब एक सय ४ रुपैयाँ ५ पैसा पुगेको छ। 
  बाह्य उडानका लागि १.०७५ डलर प्रतिलिटरबाट १.१२५ रुपैयाँ प्रतिलिटर पुगेको छ। 
गत वर्षको यही अवधिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा ७० प्रतिशतले बृद्धि भएको छ। 
स्वचालिक मूल्य प्रणालीअनुसार इन्डियल आयल कर्पाेरेशनले मूल्यबृद्धि गरेकाले मुल्य समायोजन गरिएको निगमले जनाएको छ। 

Related News