असार ५ गते ​प्रम ओली चीन भ्रमणमा जाने

दृष्टि न्यूज

काठमाडौं । 
प्रधानमन्त्री केपी ओली यही असार ५ गते चीनतर्फ उड्ने भएका छन् । चीनका प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले बुधबार प्रेस बक्तव्य जारी गरेर जनाएको छ ।
बक्तव्यमा चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुने जनाइएको छ ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग रेलमार्गदेखि उर्जा सहयोगसम्मका विषयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

Related News