प्रधानमन्त्री ओली र प्रचण्डबीच एक घण्टा छलफल

दृष्टि न्यूज

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शनिबार विहान ओली निवास बालकोटमा एक घण्टा लामो छलफल भएको छ । 
छलफलपछि ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिंदै माआवादी केन्द्रका अध्यक्ष प्रचण्डले वार्ता र संवाद निरन्तर चलिरहेको रसकारात्मक रुपले वार्ता अघि बढिरहेको मात्रै बताएका छन् ।
दुई पार्टीका अध्यक्षका बीचमा भएको छलफलमा पार्टी एकता र सरकार गठन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । अधिकारीका अनुसार दुई नेताका बीचमा धेरै भएको छलफलकै कोणबाट आइतबार विहान बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुनेछ । 
प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रम ओलीको निजी निवास बालकोटमा शनिबार बिहान भएको छलफलपछि भोलि आईतबार एकता संयोजन समितिको बैठक बोलाइएको छ । 

Related News