​प्रम ओलीबारे भ्रामक समाचार लेख्ने पक्राउ

दृष्टि न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार लेख्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथीभरा अनलाइन डटकमका सम्पादक हरिप्रसाद मानन्धर रहेका छन् ।
कागेश्वरी मनहरा नगरपालिका–८ बाट पक्रिएका उनले अस्पतालमा उपचारत प्रधानमन्त्री ओलीको निधन भएको जस्ता भ्रामक समाचार लेखेका थिए । उनीमाथि विद्युतिय अपराध तथा कसुरअन्तर्गत मुद्दा चलाइने महानगरीयय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

Related News