​प्रधानमन्त्री ओली संसदमा सम्बोधन गर्दै

दृष्टि न्यूज

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्दैछन् । आईतबार सम्पन्न भएको छ दिने औपचारिक चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानन्त्री ओलीले भ्रमणमा भएका उपलब्धीका बारेमा संसदमा जानकारी गराउने उद्देश्यले संसदमा सम्बोधन गर्न लागेका हुन् । आज ११ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । आईतबार विहान स्वदेश फर्केका प्रधानमन्त्री ओलीले  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी चीन भ्रमणमा भएको उपलब्धीका बारेमा जानकारी गराएका थिए । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत, कृषि, पूर्वाधार विकासलगायतका १४ बुँदामा सहमति भएको थियो । 

Related News