धुम्बाराहीमा गुनासो सुनाउन नपाएपछि प्रम ओलीसँग कार्यकर्ता आक्रोसित

​​प्रधानमन्त्री भेट्न आएका कार्यकर्ता भाषण सुनेर फर्किए

दृष्टि न्यूज

काठमाडौं । 
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने पूर्व तालिका अनुसार मंगलबार विहानै धुम्बाराहीस्थित नेकपा (नेकपा) को केन्द्रीय कार्यालयमा पुगेका पार्टीका कार्यकर्ताहरु आफ्नै प्रधानमन्त्रीसँग चित्तबुझ्दो भेटघाट गर्न नपाएपछि आक्रोसित हुँदै घर फर्केका छन् । 
प्रधानमन्त्री ओलीलाई आफ्ना समस्या, गुनासा र सुझाव दिन भन्दै पार्टी कार्यालय पुगेका सयौं नेकपा ९नेकपा० पार्टीका नेता तथा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले भेटवार्ता त गरे तर उनीहरुको कुरा सुन्न भ्याएनन् । सबैलाई एकमुष्ठ सामूहिक सम्बोधन गरेर प्रधानमन्त्री ओली फर्केका थिए । 
आफ्ना कुरा नसुनी एकोहोरो भाषण गरेर बाहिर निस्केपछि विहानदेखि प्रधानमन्त्री भेट्न प्रतिक्षा गरिरहेकाहरु आक्रोसित बनेका हुन् । 
एक कार्यकर्ताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘आफ्ना समस्या राखौंला र सरकारलाई सुझाव दिउला भनेर विहानै प्रधानमन्त्रीसँग भेट्न आएको तर, भाषण सुनाएर लखेटियो, भाषण त रेडियो र टिभीमा सधैं सुनेकै हो, अनुहार देखेकै हो ।’ 
११ बजेदेखि पार्टीका कार्यकर्तासँग भेटघाटको समय तोकिएको भएपनि १ः३० बजे पार्टी कार्यालयमा पुगेका प्रधानमन्त्री ओलीले करिब ३० घण्टा हात मिलाउन र फुलमाला लगाउनमै बिताएका थिए । त्यसपछि सबै कार्यकर्तालाई हलमा राखेर आधा घण्टा सबै कार्यकर्ताहरुलाई सामूहिक रुपमा सम्बोधन गरेर २ः३० मा फर्केका थिए । आफ्नो दुखेसो पोख्न र गुनासो सुनाउन नपाएपछि कार्यकर्ताहरु आक्रोसित भएका हुन् ।

Related News