विमान दुर्घटनाका घाइते भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

दृष्टि न्यूज

काठमाडौं, २८ फागुन ।
सोमवार अपरान्ह अवतरणको क्रममा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस बंगला जहाजका घाइतेलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पताल पुगेका छन् । 
जहाज दुर्घटनापछि उद्धार गरी अस्पताल पु¥याइएका घाइतेको अवस्था बुझ्न र उपचारप्रति चासो राख्दै प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । 
अस्पतालमा उपस्थित भएका पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै प्रम ओलीले विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन् । अस्पतालमा प्रधानमन्त्री ओलीले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले व्यहोर्ने प्रष्ट पारेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै प्रम ओलीले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताए । 

Related News