​बेईजिङमा नेपाल–चीनमैत्री दौडको आयोजना

दृष्टि न्यूज

काठमाडौं ।
चीनका मैत्रीपूर्ण निमन्त्रणामा छ दिने औपचारिक भ्रमणमा बेईजिङमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिवार राजधानी बेईजिङमा नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको उद्घाटन गरेका छन् ।
नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका थिए । सो कार्यक्रममा भ्रमण टोलीमा रहनुभएका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो । 
उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले वार्ता गरेका थिए । सो अवसरमा उहाँले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 
नेपाल र चीनका गरी तीन दर्जनबढी युवा सहभागी भएको कार्यक्रमले चियिाँ पर्यटकहरुका बीच निकै आकर्षक रहेको बेईजिङमा रहेका राससका विशेष प्रतिनिधि हरि लामिछानेले जनाएका छन् । 

Related News