​शान्ति, स्थीरता र विकासमा अर्जुन दृष्टिः प्रम ओली

दृष्टि न्यूज

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति, स्थीरता र विकासका लागि अहिले विशेष समय भएको बताउँदै सरकार शान्ति, स्थीरता र विकासमा अर्जुनदृष्टि लगाएर काममा अघि बढेको बताएका छन् । 
विश्व प्रजातान्त्रि युवा संघको जेनेरल काउन्सिल बैठकको बुधवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रम ओलीले जनताको संविधानमार्फत राजनीतिक उदेश्य पुरा भएपछि अव बिकास र समृद्धिमात्र सरकारले अर्जुनदृष्टि लगाएर काम अघि बढाएको बताए । ‘दुई कम्युनिष्ट पार्टी किन मर्ज भयौं ? किनभने अव नेपालमा सुशासन र विधिको शासनको बलियो जग निर्माण गर्दै विकास र समृद्धि प्राप्त गर्नुर्छ । त्यसका लागि यो एकता भएको हो’ विश्वभरबाट कार्यक्रममा सहभागी युवाहरुका बीचमा प्रम ओलीले भने । 
कार्यक्रममा प्रम ओलीले माक्र्सवादको सामाजिक न्यायको दर्शन र त्यस अनुरुपको राज्यव्यवस्था नेपालमा शुरुभएको बताएका छन् । साझा घोषणा पत्र लिएर चुनावमा गएका दुईवटा वामपन्थी दललाई जनताले करिब दुई तिहाइ मत दिएर शान्ति, स्थीरता र विकासको चाहनो प्रकट गरेको प्रम ओलीले बताए ।
बहुमत सदुपयोग गर्न सरकार कटिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए । आफूहरु प्रतिपक्षमा बसेर चुनावमा भाग लिंदा पनि बुहमत आएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको  नीति तथा कार्यक्रम पनि शान्ति, स्थीरता र विकासलाई सघाउ पुग्ने किसिमको भएको बताए । 
प्रधानमन्त्री ओलीले युवाहरुलाई देश विकासको अगुवाइ गर्न आग्रह गर्दै भने, ‘युवाहरुलाई कसैले भूगोल, कसैले जात, कसैले धर्मका नाममा विभाजन गर्न खोज्छन, यस्ता कुराबाट सबैले सजग हुनुपर्छ र एकताबद्ध भएर देश विकासमा लाग्नुपर्दछ ।’

Related News