समाजवादी क्रान्तिको मार्गमा अघि बढ्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

दृष्टि न्यूज

दृष्टि न्यूज
काठमाडौं, २२ बैशाख । 
महान दार्शनिक कार्ल माक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक क्रान्तिको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
एमाले स्थायी समितिले आयोजना गरेको कार्ल माक्र्सको द्धिशतबार्षिकी समारोहलाई शनिवार सम्बोधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एमाले पूँजीवादी पार्टी नभएर पूँजीको प्रयोग गर्दै समाजवाद स्थापना गर्ने पार्टी भएको बताएका छन् । नेपालको संविधानमै समाजवादउन्मुख भन्ने व्यवहोरा रहेको उल्लेख गर्दै प्रम ओलीले समाजवाद प्राप्तिको लागि एमालेको नेतृत्वमा मात्र सम्भव हुने दावी गरेका छन् । 
‘पूँजीवादी क्रान्ति कम्युनिष्टहरुले गर्दैनन् । कम्युनिष्टहरुले त समाजवादी क्रान्ति गर्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘पूँजीवाद भनेपछि त्यो मान्नेहरु पूँजीवादी भए (क्यापिटलिष्ट) भए, क्यापिलिज्म् मान्ने पूँजीवादी हुन । हामी पूँजीवादी होइनौं, पूँजीवाद मान्दैनौं । तर हामी पूँजीको विकास गरी समाजवादतर्फ अघि बढ्छौं, समाजवादी क्रान्ति गछौं ।’ प्रधानमन्त्री ओलीले सामाजवादको विकासको लागि पुँजि जरुरी रहेको उल्लेख गर्दै अहिले सरकार पुँजि निर्माण र समाजवाद विकासको दुई चरणमा गरी काम गर्ने अभियानमा रहेको बताए । 
कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्ल माक्र्स मानव इतिहासका महान चिन्तक रहेको भन्दै विश्व नै उनकै दर्शन र बिचारबाट निर्दशित भएको बताए । माक्र्सवादले सबैतिर प्रभाव पारेको भन्दै सामाजिक सुरक्षा, शिक्षादेखि मानव सम्यता, इतिहास सबैतिर माक्र्सवादको ठूलो योगदान रहेको प्रम ओलीको भनाई थियो । माक्र्सवादको नेपाली मौलिक बाटो जनताको बहुदलीय जनवाद (जबज) भएको प्रष्ट पार्दैै प्रम ओलीले त्यही जनताको बहुदलीय जनवादबाट निर्देशित एमालेले नै नेपालमा नयाँ शैलीको समाजवाद विकास गर्ने बताए । ‘हामीले समाजवादी, जनवादी क्रान्ति गर्ने हो । जवजले त्यसतर्फ हामीलाई निर्देशित गर्छ ।’ प्रम ओलीले भने, जबजबाट मात्रै हामी सफल हुन सक्छौं । नेपालमा जबजको विकास मदन भण्डारीले गरेका थिए । 

Related News