चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

दृष्टि न्यूज

काठमाडौं । 
छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज विहान स्वदेश फर्केका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका हुन् । भ्रमण टोलीसहित आइतबार विहान १०ः१५ बजे प्रम ओली काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । 
प्रधानमन्त्री ओलीसहितको भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले चीनसँग द्धिपक्षिय हितका महत्वपूर्ण सम्झौताहरु सम्पन्न गरी आज स्वदेश फर्केका हुन् । 

Related News