प्रधानमन्त्री कर्णालीमा, भोलि राराबाट सम्बोधन गर्ने

काठमाडौं, ३० चैत्र ।
२०७५ सालमा कर्णालीको पहिलो पर्यटक बन्दै देशबासीको नाममा राराजबाटै सम्बोधन गर्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री केपी शर्मा ओली आजै रारातर्फ उडेका छन् । भोलि विहान प्रम ओलीले राराबाटै देशबासीको नाममा सम्बोधन गर्नेछन् ।
चैत्र ३० गते बेलुका डोल्पाको दुनैमा रात बिताएर नयाँ वर्षको पहिलो दिन रारा पुगेर देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओली आजै राराका लागि उडेका हुन् । 
उनले शनिबार वैशाख १ गते राराबाट देशबासीलाई सम्बोधन गर्नेछन् । समय भने तय भइसकेको छैन । रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारामा यस्तो कार्यक्रम राखिएको हो । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले आजै दिउँसो बागलुङको ढोरपाटन अवलोकन आरक्षण गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।
शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Related News