​प्रधानमन्त्री ओलीले चार दिन सर्वसधारणलाई टीका लगाइदिने (कार्यतालिकासहित)

दृष्टि न्यूज

काठमाडौं ।
बिजया दशमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनसम्म सर्वसधारणलाई टीका लगाइदिने भएका छन् । भोलि शुक्रबारबाट सुरु हुने टीका ग्रहण कार्यक्रम आगामी कार्तिक ६ गतेसम्म दैनिक रुपमा सञ्चालन हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 
प्रधानमन्त्री ओलीको सचिवालयले दशैँ कार्यतालिका सार्वजनिक गरिएकोछ । 

कार्यतालिकाः
बिहान ९ः४५–१०.००ः सम्माननीय प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण
विहान १०.००पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण
दिउँसो १.००ः सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण
दिउँसो २ः००ः माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
अपरान्ह ३.३० देखि ५.३०ः पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टीका ग्रहण
साँझ ६ः०० बजेदेखिः परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण

कात्तिक ३ गते एकादशी देखि कात्तिक ६ गते चतुर्दशीसम्म बिहान ९ः०० देखि ११.००सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टीका ग्रहण समय तालिका तय गरिएको छ ।

Related News