विजयपुर खोलामा ट्रिपर खस्दा एकको मृत्यु


पोखरा, २९ मंसिर । पोखराबाट लेखनाथतर्पm जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर विजयपुर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । 

Related News