​शिक्षालाई व्यापार बनाउन हुँदैन : शिक्षामन्त्री पोखरेल

दृष्टि न्यूज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्ने बताएका छन् ।
मन्त्री पोखरलेले दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री घोषणा गर्दै विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढंगले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन आग्रहसमेत गरे । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई बोल्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताए ।
उनले भने, ‘उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन् । अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।’ उनले परम्परागतरुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढंगले शिक्षा दिनुपर्ने धारणा राखेका थिए । 
शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा बताउँदै भने, ‘शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्छ ।’
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाँले आरआर क्याम्पसले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै त्रिविको शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताए । क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले आर्थिक वर्ष २०७५÷७६ को कार्ययोजना पेश गर्दै आरआरलाई नमूना बनाउने बताए । 

Related News