​मदिरा पिएर महिलालाई दुव्र्यवहार गर्ने दुई प्रहरी निलम्बित


पोखरा, २ कात्तिक । 
मदिरा पिएर महिलालाई कुट्ने र दुव्र्यवहार गर्ने दुई प्रहरी निलम्बनमा परेका छन् । कास्कीको प्रहरी चौकी पामेमा कार्यरत हवल्दार सुरेश महर र जवान अरबिन्द्र त्रिपाठीलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो । 
गत २० असोजमा होहल्ला गरेको आरोपमा उनीहरुले एक महिलालाई पक्राउ गरेका थिए । पक्राउ पछि हिरासतमै कुटपिटका गर्नुका साथै दुव्र्यवहार गरेका थिए । पछि ती महिलाले उजुरी गरेपछि छानबिन समिति बनेको थियो । छानबिन समितिको प्रतिवेदनमा उनीहरु दोषी देखिएपछि निलम्बन गरी विभागीय कारबाही अघि बढाइएको कास्कीका एसपी अशोक सिंहले बताए । 

Related News