​२५ जना एसएसपीमा सिफारिस, बिश्वराज पहिलो नम्बरमा

काठमाडौं, १ साउन
एआईजी र डिआईजी बढुवा सिफारीससँगै शनिबार २५ जना एसपी एसएसपी बढुवा सिफारीसमा परेका छन् । दुई वटा ब्याचका एसपी बढुवा सिफारीसमा परेकोमा सिनियर ब्याचमा शैलेद थापा क्षेत्री र दोस्रो ब्याचबाट बिश्वराज पोखरेल पहिलो नम्बरमा परेका छन् । 
  बढुवा सिफारिसमा परेकामा क्षत्रीसहित, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिबहादुर पाल, वीरेन्द्र श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, सञ्जयराज शर्मा छन् । यसैगरी, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमारलाल कर्ण, देवबहादुर बोहरा, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जितकार र रवीन्द्रकुमार धानुक एसएसपी बढुवा सिफारिसमा परेका छन् । नयाँ ब्याचबाट बिश्वराज पोखरेल, उत्तम सुवेदी, दिवेश लोहनी, धीरजप्रताप सिंह र रबिन्द्र धानुक बढुवामा परेका सिनियर टोलीका केही एसपीहरु बढुवामा छुटेका छन् । 

Related News