पदकमा भागशान्ति जिन्दाबादः मदन ‘नेपालरत्न, अाश्रित ‘माने न मुने’

नवाैं गणतन्त्र दिवशकाे अवसर पारेर सरकारले हजाराैंलाइ मानपदवी, अलंकार, पदक र प्रशंसापत्रकाे घाेषणा गरे पनि सबै ठूला पदक भने पार्टी र नेताहरूले अाअाफ्ना मान्छेका लागि भागशान्ति जिन्दाबाद गरेका छन् ।
यसरी भागशान्ति गर्ने नाममा पदक दिएर मानभन्दा पनि कतिकाे अपमान र अधिकांश त मानपदवीकै अपमान गरिएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीलाई मरणोप्रान्त राष्ट्रपतिले दिने सबैभन्दा उच्च पदक ‘नेपाल रत्न’ प्रदान गरेकी छिन् । तर, उनीसँगै दासढुंगामा निधन भएका जीवराज अाश्रितकाे लागि भने सबैभन्दा तल्लाे तहकाे जनसेवाश्री पदक पनि भाग लागेन
कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइराला र पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङलाई दोस्रो तहको राष्ट्रगौरव पदवी मिलेकाे छ ।
तेस्रो नम्बरको महाउज्जवल कीर्तिमय राष्ट्रदीप पदक  स्व. सूर्यबहादुर थापा, स्व. नरबहादुर कर्माचार्य, रामहरी जोशी, स्व. निर्मल लामा र स्व. पोष्टबहादुर बोगटीलाइ प्रदान गरिएकाे छ ।
टिप्पणी
अाश्रितकाे अपमान गर्दा मदनकाे सम्मान हाेला र ?
डा. प्रदीप भट्टराई
Madan-Bhandari-Jibraj-Ashrit
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना स्वर्गीय पति मदन भण्डारीलाई मरणोपरान्त राष्ट्रपतिले दिने सबैभन्दा उच्च पदक ‘नेपाल रत्न’ प्रदान गरिन् । तर, भण्डारीसँगै दासढुंगामा निधन भएका एमालेकै अर्का स्वर्गीय नेता जीवराज अाश्रितकाे लागि भने सबैभन्दा तल्लाे तहकाे जनसेवाश्री पदक पनि भाग लागेन । बरू कांग्रेस नेता सुशील काेइराला र महापञ्च सूर्यबहादुर थापा मरणाेपरान्त क्रमशः दाेस्राे र तेस्राे बरियताका पदकबाट सुशाेभित भए ।

याे मुलुकमा एमाले भन्ने पार्टीका नेताहरूसँग अाश्रितकाे अपमान गरेर मदनकाे सम्मान हुदैन भन्नेसम्मकाे पनि साेच नभएकाे देखेर दुःख लाग्छ । याे हेलचेक्राइ मात्र हाे कि नियाेजित नै हाे ? यसै भन्न सकिदैन । तर, मदन सम्झदा अाश्रित बिर्सनु भनेकाे संजाेग मात्र हुदैन, नियाेजित नै हुन्छ । किनकि, दुबैकाे निधन नै एउटै दुर्घटनामा भएकाे थियाे ।
मेराे विचारमा त मदन यस्ता मानपदवीका पक्षधर पनि थिएनन्, उनी त जनताकाे मन जित्नु नै सबेभन्दा ठूलाे सम्मान मान्थे । याे एकथान ‘नेपाल रत्न’ ले महामहिम राष्ट्रपति भण्डारीकाे अाफ्नै निवास बुढानीलकण्ठकाे बैठक कक्षकाे शाेभा त बढ्ला तर मदनकाे कद भने बढाउने छैन । उनलाइ पनि याै अाैपचारिक मानसम्मानकाे पाेखरीमा धकेलेर उही ड्याङमा उभ्याउने काम भयाे ।
मुलुक हाँकिरहेकाे एमाले नेतृत्वकाे सरकारले जबज लागू गर्दै जनताकाे अामुल परिवर्तनका लागि काम गरिदिनु नै उनका लागि सबैभन्दा ठूलाे मानपदवी र अलंकार हुन्थ्याे ।
मलाई त यस्तै लाग्छ, यहाँहरूलाई कस्ताे लाग्छ ? एउटा स्वस्थ डिबेट हैन, डिस्काेर्सकाे अावश्यक छ । ताकि, मदनलाई सम्मान गर्न अाश्रितलाई अपमान गर्नुपर्छ भन्ने साेचकाे अन्त हुन सकाेस् ।
 
चौथो बरियताको प्रसिद्ध प्रबल जनसेवाश्री प्राप्त गर्नेमा माओवादी नेता वर्षामान पुन र जनार्दन शर्मा रहेका छन्। यसैगरी यही पदक योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा,सर्वोच्च अदालतका न्यायाधीश वैधनाथ उपाध्याय र महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई पनि प्रदान गरिएकाे छ ।
यसैगरी पाँचौं बरियताको सुकीर्तिमय राष्ट्रदीप मानपदवी मुख्य सचिव डा. सोमलाल सुवेदी, सेनापति राजेन्द्र क्षत्री, अर्थ सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दीलिपराज रेग्मीले पाएका छन् ।
यसैगरी सुप्रवल जनसेवाश्री मानपदवी ८३, प्रबल जनसेवाश्री मानपदवी १३५ र जनसेवाश्री मानपदवी ५१ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।
प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिको उद्धार एवम् प्रकोपको जोखिम न्यूनीकरण गर्ने कार्यमा प्रशंसनीय रुपमा योगदान गर्ने वा सहयोग गर्ने ५६ हजार दुई सय ७९ जनालाई विभूषण ऐन,२०६४ को दफा ५ अनुरुप ‘प्राकृतिक प्रकोप पीडितोद्धार पदक’, १८ औँ सार्क शिखर सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने २५ हजार एक सय २२ जनालाई प्रशंसास्वरुप कदरपत्र प्रदान गर्ने र विमान चालक क्याप्टेन दिनेश न्यौपाने र सहचालक सन्तोष रानालाई मरणोपरान्त ‘वीरता पदक’ प्रदान गर्ने निर्णय गरिएको छ ।
‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभूषित हुनेमा श्रीकान्त पौडेल, शङ्कर थापा, वीरेन्द्रबाबु श्रेष्ठ, प्रकाश ओझा, गणेशप्रसाद अधिकारी, भेषराज अधिकारी, कृष्णहरि पुस्कर, रामकृष्ण सुवेदी, विजयनारायण मानन्धर, रवि शाह, अच्युत विष्ट, नवराज सिलवाल, सर्वेन्द्र खनाल, स्वामी अरुण आनन्द, मुटुरोग विशेष डा अरुण सायमी, वरिष्ठ चिकित्सक डा अशोक बाँस्कोटा,शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. दिव्यासिंह शाह, समाजसेवी आनी छोइङ डोल्मा, भैरव रिसाल, पत्रकार कृष्ण सेन इच्छुकले (मरणोपरान्त), चन्द्रप्रसाद बलदेव, आङ्छिरिङ शेर्पा, उद्योगपति पशुपति मुरारका तथा राजेशकाजी श्रेष्ठ रहेका छन् ।
‘प्रबल जनसेवाश्री’ पदक पाउनेमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा, प्रहरी उपरीक्षक किरण वज्राचार्य, सशस्त्र प्रहरी नायब उपरीक्षक अजयकुमार छत्कुली, पत्रकारत्रय डा. महेन्द्र विष्ट, नारायण शर्मा र नरेन्द्रजङ्ग पिटर, कलाकारमा रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाराम दाहाल र विल्सनविक्रम राई, साहित्यकार तीर्थ श्रेष्ठ, घनश्याम ढकाल(मरणोपरान्त), समाजसेवी गोपालनाथ योगी, सामाजिक कार्यकर्ता गणेशमान सैँजु फुटबलर नवयुग श्रेष्ठ, नीता घर्ती मगर, मीरा राई, सुस्मिता मास्के, आशाकुमारी सिंह, शैली बस्नेत र चुनु श्रेष्ठ रहेका छन् ।
‘जनसेवाश्री’ पाउनेमा पर्वतारोही सञ्जय पण्डित, पौडी खेलाडी गौरिका सिंह, पत्रकार पन्नालाल गुप्ता, मोहन मानन्धर, दीपेन्द्र वान्तवा, गौतम श्रेष्ठ र टीकाराम राई रहेका छन् ।
‘नेपालप्रताप भूषण’ वरिष्ठ प्रहरी उपरिक्षक प्रवीण पोखरेललाइ दिइएकाे छ भने मरणोपरान्त लक्ष्मण न्यौपानेलाई ‘वीरता’ पदक दिइएको छ । मरणोपरान्त यो पदक पाउने अन्य विदेशी नागरिकमा क्रिस नोरगेन, डस्टिन लुकाजिजियरज, वार्ड जोन्सन, एरिक सिमान, सारा मडिना, ज्याकोब हब तथा सिन बार्टोन रहेका छन् ।
 

Related News