बेश्यावृत्तिको आरोपमा चरिकोटकी होटल संचालिका पक्राउ

दोलखा, असार २९ 
 जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई  बेश्यावृत्तिको आरोपमा पक्राउ गरेको छ  । 
  भीमेश्वर नगरपालिका वडा नं. ३,चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अरु दुईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ पर्ने अन्यमा तामाकोशी गाउँपालिका वडा नं. ३, जफेका सन्तोष भुजेल र सुरोज पोखरेल छन् । 
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी  दिए । बेश्यावृत्तिको उजुरीका आधारमा छापा हानी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

Related News