​एमालेसँग कुरा भइरहेको छःप्रचण्ड


चितवन, १२ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दसँैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको  बताएका छन् । 
प्रेस सेन्टर चितवनले बुधबार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए । उनले भने  ‘  नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।’ 
मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख  गरे ।   संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको  बताए । 
इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको  उनको भनाई छ । 
चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने  दाहाले बताए । दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।  
टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको  उनको भनाई छ । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उहाँले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने  बताए । 
कृषि तथा वन विज्ञान विश्वविद्यालय आफ्नै पहलमा स्थापना भएको भन्दै प्रधानमन्त्री दाहालले त्यहाँ देखिएका समस्या समाधानमा आफू सकारात्मक रहेको  बताए । 

Related News