​चिनियाँ उपराष्ट्रपति ताओ र प्रचण्डबीच भेटवार्ता

दृष्टि न्यूज

काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ । हाल चीन भ्रमणमा रहेका प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीचको भेटवार्ताले दुई देशका बीचमा आपसी सम्बन्ध सुदृढ बनाउन भूमिका निर्वाह गरेको छ ।
भेटमा प्रचण्डले आफ्नो कार्यकालमा उठाएको ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिएका थिए । उनीहरुबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र अध्यक्ष दाहाल आफैँले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको चिनियाँ पक्षलाई संस्मरण गराएका छन् ।
भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गरे । समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाइ थियो ।

Related News