​नेकपा अध्यक्ष प्रचण्ड भदौं तेस्रो साता भारत जाने

दृष्टि न्यूज

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी भदौंको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । 
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड किन भारत जान लागेको हुन भन्ने खुलाइएको छैन । उनको सचिवालयका अनुसार प्रचण्ड आगामी भदौं २२ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणको क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र दामोदारदास मोदी देखि उनका सुरक्षा सल्लाहकार अजित डोभललगायतका नेताहरुसँग प्रचण्डले भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । डोभल तिनै खुराफाती सुरक्षा सल्लाहकार हुन्, जो नेपालमाथि नाकाबन्दी लगाउत प्रधानमन्त्री मोदीलाई सिफारिस गरेका थिए । 
त्यस्तैगरी  असोज १ गतेदेखि चीनको भ्रमणमा जाने समय तालिका रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । प्रचण्ड चीनमा पनि करिब एक साता लामो भ्रमण गर्ने जनाइएको छ । यद्यपि अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको रहस्य भने बाहिर आएको छैन । 

Related News