प्रचण्ड १० हजार भन्दा बढी मतले अगाडि

दृष्टि न्यूज

काठमाडौं, २५ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ मा बिजयको नजिक पुगेका छन् । उनले आफ्नो अग्रता फराकिलो बनाउादै लगेका छन् । उनी १० हजार मतान्तरले अगाडि छन् । 
प्रचण्डले ४४ हजार ७ सय ४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेस समर्थित राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३४ हजार ७ सय ९ मत पाएका छन् । पाण्डेको भन्दा  प्रचण्डको मत १० हजार ४० बढी छ । अब गन्न बाँकी मत १२०८० छ ।  ठेकेदार पाण्डेले चितवन ३ मा पैसाकै बलले चुनाव जित्ने सपना देखेका थिए । तर जनताले पूर्वप्रधानमन्त्री दाहाललाई जिताएर पाण्डेलाई आफ्नै मूलपेशा ठेकेदारीमै फर्किने वातावरण बनाइदिएका छन् । पाण्डे अहिलेका बहालवाला वनमन्त्री हुन् । 

Related News