प्रचण्ड संसदीय दलको नेता चयन

दृष्टि न्यूज

काठमाडौं, ६ फागुन । आइतबार बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेता चयन सर्वसम्मत रुपमा चयन गरेको छ ।
आइतबार विहान बसेको बैठकबाट संसदीय दलको नेतामा प्रचण्ड चयन भएका हुन् । अध्यक्ष प्रचण्डले संसदीय दलको बैठकमा एमालेसँग भइरहेको पार्टी एकताकोबारेमा भएको प्रगतिको सम्बन्धमा समेत जानकारी गराएका थिए । 
आइतबार विहान माओवादी केन्द्रको हेडक्वाटर पेरिस डाँडामा बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको लागि आफू हदैसम्म लचिलो भएर प्रस्तुत भएको र असोजदेखि सुरु गरेको वाम गठबन्धन तथा पार्टी एकताको प्रयासले छिट्टै ठोस रुप लिने विश्वासमा आफू रहेको बताएको बैठकमा सहभागी एक नेताले बताएका छन् । 
बैठकपछि माओवाद केन्द्रकी प्रवक्ता पम्फा भुसालले वैचारिक रुपमा एमाले र माओवादी केन्द्रबीचमा एकताको लागि ठोस पहल भइरहेको बताइन् । 
एमाले–माओवादीबीच पार्टीको मार्गदर्शक सिद्धान्त र सरकारलाई पूर्णता दिने विषयमा थप छलफल हुने भुसालको भनाई थियो । 

Related News