​पुनर्निर्माण प्राधिकरणको सीईओमा पोख्रेल

काठमाडौं, २७ पुस । सरकारले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोख्रेललाई पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले सुशील ज्ञवालीलाई अवकाश दिँदै पोख्रेललाई सीईओ नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले सिईओ पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई नयाँ सिईओमा नियुक्त गरेको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए । 
मन्त्रिपरिषद बैठकले ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको हो । पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ चित्तबुझ्दो नआएको भन्दै फेरि २४ घन्टे स्पष्टीकरण सोध्यो । यो निर्णयअघि नै उनलाई बर्खास्त गर्ने सहमति भएको थियो तर, प्रक्रिया र्पुयाउन भन्दै मन्त्रिपरिषद्को कार्यालयले २४ घन्टे स्पष्टीकरणका लागि पत्र काटेको थियो ।
पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न नेपाली कांग्रेसले प्रस्ताव गरेको थियो । 

Related News