​बिप्लव नेतृत्वको नेकपा नेता प्रकाण्डसहितका नेतालाई रिहा गर्न सर्वोच्चको आदेश

दृष्टि न्यूज

काठमाडौं । 
विद्रोहको बाटोमा अघि बढेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । 
बन्दी प्रत्यक्षीकरण रिटका लागि दाङ्बाट काठमाडौं ल्याइएका प्रकाण्डलाई थुनामा राख्नुपर्ने पर्याप्त कारण र आधार नदेखिएको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउत र अनिल कुमार सिन्हाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 
त्यस्तै अर्की नेतृ उमा भुजेललाई पनि रिहा  गर्न आजै सर्वोच्च अदातले आदेश दिएको छ । यद्यपि सर्वोच्च अदालत परिसर बाहिर ठूलो मात्रामा प्रहरी तैनाथ गरिएकाले पुनः पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । 

Related News