प्रमोद भन्दै छन्– ‘मेरो मनको व्यथा कोर्दै छु’

काठमाडौं, २६ वैशाख । गायक प्रमोद खरेलले गाएको नयाँ गीत ‘मेरो मनको व्यथा कोर्दै छु’ सार्वजनिक भएको छ । जातेम्बा शेर्पाको ‘कर्म’ एल्बममा समेटिएको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘एल्बममा रहेका अन्य गीतको पनि भिडियोहरू ल्याउने तयारीमा छु”, शेर्पाले भने । अस्मित लिम्बूको संगीत र कर्म शेर्पाको शब्द रहेको गीतको भिडियोलाई अर्जुन खड्काले निर्देशन गरेका छन् । शंकर, पृथ्वी, आयुषलगायत कलाकार भिडियोमा अभिनय गरेका छन् । यसलाई अमूल्य मिडिया क्रिएसनले बजारमा ल्याएको हो । 

Related News