​पूर्व मन्त्री, पूर्व संसद र पूर्व राजदुत सहित नयाँ शक्तिका २०० नेता कार्यकर्ता एमालेमा प्रवेश

दृष्टि न्यूज

काठमाडौं, १० वैशाख 
पूर्व मन्त्री,  पूर्व संसद  र पूर्व राजदुत सहित नयाँ शक्तिका २०० जना एमालेमा प्रवेश  गरेका छन  । 

पार्टी केन्द्रीय कार्यलयमा आज आयोजित एक कार्यक्रमका विच पूर्व राज्य मन्त्री तथा नयाँ शक्ति नेपालको कार्यकारिणी सदस्य लिला भण्डारी , पूर्व राजदुत माया शर्मा , सुकदैया चौधरी  कार्यकारी सदस्यण् तथा पूर्व संसद निर्प बहादुर वाहोरा प्रदेश नं. ७ का सचिव , कमला शाही कार्यकारिणी सदस्य , कञ्चनपुर जिल्लाका संयोजक जनक साउद सहित १४६ जना सहित एमालेमा प्रवेश गरेका हुन ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् । पार्टी प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन ।

Related News